Adres değişikliklerinden haberdar olmak için bahsegel düzenli kontrol edilmeli.

Rulet oynarken kullanılan Martingale stratejisi, bahsegel giriş kullanıcıları tarafından en çok denenen yöntemlerden biridir.

Promosyon seven kullanıcılar bahsegel kampanyalarından yararlanıyor.

Her oyuncu güvenlik için pinco politikalarına dikkat ediyor.

Bahis kullanıcılarının %63’ü canlı destekle çözüme ulaşmayı tercih ediyor; bu nedenle bettilt giriş 7/24 iletişim imkanı sunmaktadır.

Her oyuncu kolay erişim için bettilt adresini ziyaret ediyor.

positive discrimination

सकारात्मक विभेद र आरक्षण बीचको फरक औँल्याउनुहोस।

उपसचिव वा सो सरह (प्राविधिक), परीक्षा मिति: २०७३/०९/२३ (५)

सकारात्मक विभेदले समतामूलक समाज स्थापना गरि सारवान समानता प्राप्त गर्न समाजमा पछि पारिएका वा कम प्रतिनिधित्व भएका व्यक्ति वा समूहहरूलाई राज्यप्रदत्त सेवा, सुबिधा, नीति निर्माणमा सक्रिय सहभागि गराउने र समान अवसर र पहुँच दिने नीति वा कार्यहरूलाई जनाउँछ। यसले शताब्दियौं देखि बन्चितिमा पारिएका व्यक्ति वा समूहहरूका हितमा प्रणालीगत असमानताहरूलाई सम्बोधन गर्ने र रोजगारी, शिक्षा, वा सामाजिक कार्यक्रमहरूमा प्राथमिकता दिएर समान अवसरहरू प्रदान गर्ने लक्ष्य राख्छ।

सकारात्मक विभेदको प्रमुख लक्ष्य ऐतिहासिक वा संरचनात्मक क्षतिको क्षतिपूर्ति मार्फत समाजका सबै जातजातिहरुले रोजगारी, शिक्षा, वा सामाजिक कार्यक्रमहरूमा समान रूपले भाग लिन सक्ने वातावरण निर्माण गर्नु हो। बन्चितिमा परेका समुदायलाई बिशेष सुबिधा प्रदान गरेर समाजका अन्य सापेक्षिक सबल समुदायहरुको औसत स्थितिमा पुर्याउनु सकारात्मक विभेदको प्रमुख उद्देश्य हो। सबलीकरण (Strengthening), सशक्तिकरण (Empowerment), मुलप्रवाहीकरण (Mainstreaming) र क्षमता वृद्धि (Capacity Growth) सकारात्मक विभेदका महत्वपूर्ण औजारहरु हुन्।

आरक्षण एउटा नीतिगत संयन्त्र हो जसले शैक्षिक संस्थाहरू/जागिरमा बिशेष संरक्षण प्रदान गर्दै निश्चित कोटा, वा राजनीतिक प्रतिनिधित्व (विशिष्ट समूह), जस्तै अल्पसंख्यकहरू, सीमान्तकृत समुदायहरू, वा पिछडिएका जातिहरूलाईअवसरहरूको निश्चित प्रतिशत छुट्याउँछ । सामाजिक न्याय प्रवर्द्धन गर्दै आरक्षणले राज्यको मुलप्रवाहमा आउन नसकेका समुदाय, बर्ग, जातजाति, क्षेत्र, लिङ्ग आदि (सिमित) सहभागीहरुले मात्र प्रतिष्पर्धा गर्न पाउने व्यवस्था गरि उनीहरुको राज्यप्रदत्त विभिन्न अवसरहरुमा संलग्नता/सहभागिता वृद्धिको लक्ष्य राखेको हुन्छ ।

आरक्षण विभिन्न क्षेत्रहरूमा यी समूहहरूको समावेशीकरण र प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले कानुनी र संरचित प्रणाली हो।

बिषय सकारात्मक विभेद आरक्षण
परिभाषा ऐतिहासिक रूपमा पछि पारिएका बर्गहरुलाई पिछडिएको स्थितिबाट प्रतिष्पर्धा गर्न सक्ने समान स्थितिमा पुर्याउन लिईने बिशेष तर विभेदयुक्त नीति/पद्धति हो। पछि परेका बर्गहरुलाई बिशेष संरक्षण गरि सिधै निश्चित कोटा छुट्टयाउने पद्धति हो।
सहभागिता राज्यका अवसरहरुमा बन्चितिमा परेका समुदायको अर्थपूर्ण सहभागिता गराइन्छ। राज्यका अवसरहरुमा बन्चितिमा परेका समुदायको सिधै प्रतिनिधित्व सुनिश्चित गरिन्छ ।
औजार सबलीकरण (Strengthening), सशक्तिकरण (Empowerment), मुलप्रवाहीकरण (Mainstreaming) र क्षमता वृद्धि (Capacity Growth) गराइन्छ। निश्चित बर्गका लागि सिधै कोटा निश्चित गरिन्छ।
क्षेत्र यसको उपयोगिता क्षेत्र बृहद/फराकिलो हुन्छ, यो बिस्तृत अवधारणा हो, यसमा निश्चित बर्गलाई प्रशिक्षण दिने देखि सरकारी आर्थिक सहायता (अनुदान) प्रदान गर्ने उपायहरु पर्दछन। सापेक्षित संकुचित अवधारणा  हो, यसलाई सकारात्मक विभेदको सानो अंशमात्र मान्न सकिन्छ, यसमा निश्चित क्षेत्रहरूमा निश्चित कोटाहरू छुट्याइन्छ।
कार्यान्वयन निश्चित कोटा नछुट्याईकन केवल अनौपचारिक वा नीतिमा मात्र आधारित हुन सक्छ। औपचारिक र प्राय: कानूनी रूपमा कोटा मार्फत अनिवार्य गरिन्छ।
उद्देश्य अवरोध हटाएर समान अवसर सिर्जना गर्ने लक्ष्य राख्दछ। विभिन्न जातजाति, बर्ग, क्षेत्र, लिङ्गहरुबीच समग्र प्रतिष्पर्धा बढाउँछ। बिभिन्न वर्गको समानुपातिक प्रतिनिधित्व खोज्दछ। विभिन्न जातजाति, बर्ग, क्षेत्र, लिङ्गहरुबीच समग्र प्रतिष्पर्धा खुम्च्याउँछ।
लचकता समाजको आवश्यकता परिवर्तन भएसंगै नयाँ आवश्यकता अनुसार लचकदार/परिवर्तनीय/अनुकूलनीय हुन्छ। अपेक्षाकृत कठोर र विशिष्ट कोटाद्वारा परिभाषित हुन्छ।
लक्षित समूह लक्षित समुहमा समाजमा पछि परेका/पारिएका व्यक्ति र समूहहरू पर्दछन। लक्षित समुहमा कानूनद्वारा पूर्वनिर्धारित बिशेष समुदाय वा जातजाति पर्दछन।
वैश्विक उपयोगिता “निश्चित कोटा” नछुट्याईकन विश्वव्यापी रूपमा विभिन्न स्वरूपहरूमा प्रयोग गरिन्छ। मुख्य रूपमा भारत, नेपाल, आदि जस्ता देशहरूमा निश्चित कोटा छुट्याईकन प्रयोग गरिन्छ।
विवाद विश्वभर उपयोगमा रहेको र लचिलोपनको कारण कम विवादास्पद रहेको । कठोर र बर्गहरुमा सदैव विभाजन ल्याउने हुनाले अक्सर आलोचित रहेको।
अवधि समानता प्राप्त नभएसम्म सामान्यतया छोटो अवधिका लागि उपयोग गरिन्छ। दीर्घकालीन र राजनीतिक विस्तारको विषय हुन सक्छ।
मेरिटोक्रेसीमा प्रभाव प्रणालीजन्य विभेदका बिषयहरू सम्बोधन गरेर योग्यता र समता सन्तुलन गर्ने प्रयास गर्दछ। निश्चित कोटाका कारण मेरिटोक्रेसीलाई असर गरेकोमा अक्सर आलोचना गरिन्छ।

संक्षेपमा, सकारात्मक विभेद एक फराकिलो अवधारणा हो जसको उद्देश्य खेल मैदानलाई समतल बनाउनको लागि हो, जबकि आरक्षण निश्चित कोटाहरूमा केन्द्रित एक संकुचित तथापी विशिष्ट नीति उपकरण हो।

Comments

No comments yet. Why don’t you start the discussion?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ