Adres değişikliklerinden haberdar olmak için bahsegel düzenli kontrol edilmeli.

Rulet oynarken kullanılan Martingale stratejisi, bahsegel giriş kullanıcıları tarafından en çok denenen yöntemlerden biridir.

Promosyon seven kullanıcılar bahsegel kampanyalarından yararlanıyor.

Her oyuncu güvenlik için pinco politikalarına dikkat ediyor.

Bahis kullanıcılarının %63’ü canlı destekle çözüme ulaşmayı tercih ediyor; bu nedenle bettilt giriş 7/24 iletişim imkanı sunmaktadır.

What are the fundamental assumptions (principles) behind “rule of law” ?

कानूनको शासनका आधारभूत मान्यताहरु संक्षेपमा प्रकाश पार्नुहोस।

 (नेपाल आयल निगम, सहायक प्रवन्धक-६, आन्तरिक तथा खुल्ला, प्रश्नांक-५, परीक्षा मिति:२०८१/०१/०८)

कानुनी र राजनीतिक प्रणालीहरूमा “कानूनको शासन” एक आधारभूत सिद्धान्त हो जसले सबै व्यक्ति, संस्था र निकायहरू कानूनको अधीनमा रहनुपर्दछ भन्ने कुरामा जोड दिन्छ।

“कानूनको शासन” कानून (laws), संस्था (institutions), मापदण्ड (norms) र सामुदायिक प्रतिबद्धता (community commitment) को एक दिगो प्रणाली हो जसले चार विश्वव्यापी सिद्धान्तहरू अवलम्बन गर्दछ: जवाफदेहिता (accountability), न्यायपूर्ण कानून (just law), खुला सरकार (open government), पहुँचयोग्य र निष्पक्ष न्याय (accessible and impartial justice)

कानूनको शासनका आधारभूत मान्यताहरु यसप्रकार रहेका छन्

१. कानूनको सर्वोच्चता (Supremacy of Law): कानून सर्वोच्च हुन्छ, कानुन भन्दा माथि कोहि हुँदैन र राज्यका सम्पूर्ण कार्यहरु स्थापित कानुनी नियमहरूका अधिनमा हुनुपर्छ। कुनै पनि सरकारले आफूखुसी स्वेच्छाचारी निर्णय गर्नु हुँदैन, हरेक निर्णय स्थापित समकालिन कानूनले दिशानिर्देश गरेको हुनुपर्छ।

२. जवाफदेहिता (Accountability): सरकारी र निजी दुवै पक्ष कानून अन्तर्गत जवाफदेही हुन्छन। सार्वजनिक अधिकारीहरूले आफ्नो अख्तियारको सीमाभित्र रहेर काम गर्नुपर्छ, र यदि उनिहरूले अतिक्रमण गरेमा उनिहरूलाई जवाफदेही बनाउने राज्य-संयन्त्रहरू हुनुपर्छ।

३. निष्पक्ष न्याय र न्यायपूर्ण कानूनहरू (Fair and Just Laws)

न्यायपूर्ण कानूनहरू: व्यक्तिको नैतिक अधिकार (Moral Rights) अनुरुप कानूनहरू बन्नुपर्दछ, प्राकृतिक न्यायका सिद्धान्तहरू जस्तै, निष्पक्षता (fairness), तटष्ठता (impartiality), तर्कसंगतता (reasonableness), उचित प्रक्रिया (due process) हरुको आधारमा न्यायिक निरुपण गरिनुपर्दछ।

निष्पक्ष न्याय: कानूनहरू निष्पक्ष, स्पष्ट र सार्वजनिक रूपमा ज्ञात हुनुपर्छ ताकि सामान्य व्यक्तिहरूले बुझ्न र पालना गर्न सकून्। कानूनले सबैका लागि न्याय र निष्पक्षता सुनिश्चित गर्दै मौलिक अधिकार र स्वतन्त्रताको रक्षा गर्नुपर्छ। नागरिकलाई कानुन बमोजिम मात्र सजाय दिन सकिन्छ र कानून भूत प्रभावी हुनुहुँदैन, “अन्यथा” प्रमाणित नभएसम्म सबै मानिसहरू निर्दोष मानिन्छन् र चुप बस्ने हकदार हुन्छन् र आफूलाई दोषी मान्नु आवश्यक रहँदैन

४. खुला सरकार (open government): खुल्ला सरकारले नागरिकबीच सूचना आदानप्रदान गर्ने, सरकारलाई जवाफदेही बनाउनका लागि औजार/संयन्त्रको स्थापना र सार्वजनिक नीतिको छलफलमा नागरिकको सहभागितालाई बढावा दिन्छ।  यसमा

  • कानून र सरकारी तथ्याङ्क (Publicized laws and government data) कति र कसरि सार्वजनिक गरिएको छ?
  • सूचनाको हकको कार्यान्वयन स्थिति (Right to information)
  • सरोकारका बिषयहरुमा नागरिक सहभागिता (Civic participation)
  • गुनासो संयन्त्रको व्यवस्था (Complaint Redressal mechanisms)

हरुका आधारमा कार्यसम्पादन गरिने हुँदा कानून को शासनको पक्षपोषण हुनेगर्दछ।

५. कानूनको अगाडि समानता (Equality Before the Law): प्रत्येक व्यक्ति कानूनका अगाडी समान हुन्छ, चाहे उनिहरूको हैसियत, सम्पत्ति, वा पद जतिसुकै सानो ठुलो होस्। यसले न्याय निष्पक्ष र भेदभावविना शासित भएको सुनिश्चित गर्दछ।

६. शक्ति पृथकीकरण (Separation of Powers): शक्तिको केन्द्रविन्दु हुन नदिन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्तिको स्पष्ट पृथकीकरण हुनुपर्छ। यसले शक्तिको दुरुपयोग रोक्न मद्दत गर्दछ र नियन्त्रण र सन्तुलन (Check & Balance) सुनिश्चित गर्दछ।

७. स्वतन्त्र न्यायपालिका (Independent Judiciary) : कानूनको निष्पक्ष र तटष्ठ प्रयोग सुनिश्चित गर्न न्यायपालिका स्वतन्त्र र राजनीतिक वा बाह्य प्रभावबाट मुक्त हुनुपर्छ। न्यायाधीशहरूले कानुन र प्रमाणका आधारमा मात्रै निर्णय गर्न सक्षम हुनुपर्छ।

८. कानुनी निश्चितता (Legal Certainty): कानूनहरु स्पष्ट, सार्वजनिक रूपमा उपलब्ध र स्थिर हुनु पर्दछ। कानुनी वातावरण यस्तो हुनुपर्दछ जहाँ नागरिकहरूले कानून निरन्तर रूपमा लागू हुनेछ भनी विश्वासका साथ आफ्ना कार्यहरूको योजना बनाउन सक्छन्।

९. न्यायमा पहुँच (Access to Justice) : हरेक व्यक्तिले कानूनी उपचार पाउनु पर्दछ र उसको आवाज न्यायालयमा सुनिने व्यवस्था गरिनु पर्दछ। जसले नागरिकको सामाजिक र आर्थिक हैसियत नहेरिकन आफ्नो अधिकारका लागि लड्ने, न्याय पाउने र अन्याय बिरुद्ध कानूनी उपचार पाउने हक सुनिश्चित हुन्छ।

१०. मौलिक अधिकारको संरक्षण (Protection of Fundamental Rights): कानूनले मौलिक मानवअधिकार र स्वतन्त्रताहरूको संरक्षण गर्नुपर्दछ, व्यक्तिहरू मर्यादाका साथ बाँच्न र उत्पीडन वा स्वेच्छाचारी कार्यहरूको डरविना समाजमा सक्रिय सहभागी हुन सक्छन् भन्ने सुनिश्चित गर्नुपर्दछ।

११. सरकारको स्वेच्छाचारी अधिकारमा निषेध/अंकुश (Constraints on Arbritrary Government Powers): सरकारलाई असिमित अधिकारको स्वेच्छाचारी अभ्यास गर्न दिईनु हुँदैन । सरकारका हरेक क्रियाकलापलाई कानूनद्वारा सिमित गरि कानूनको शासन कायम गरिनुपर्दछ।

१२. भ्रष्टाचार शुन्यता र नियमनकारी निकायहरुको व्यवस्था (Absence of Corruption & Regulatory Enforcement): घूसखोरी, अनौपचारिक भुक्तानी, र सार्वजनिक सेवाहरूको वितरण र नियमहरूको कार्यान्वयनमा प्रलोभनहरू नियन्त्रण गरिनुपर्दछ। सरकारभित्र र निजि क्षेत्र दुवैमा संरचनागत र व्यवहारजन्य कानूनी र प्रशासकीय नियमनको उचित व्यवस्था गरिनुपर्दछ ।

अत: कानूनको शासनका यी आधारभूत मान्यताहरु लोकतान्त्रिक शासनका मेरुदण्डका रूपमा रहेका छन र यी  मान्यताहरुले समाज व्यक्तिको इच्छाले भन्दा पनि कानूनद्वारा शासित हुने कुराको सुनिश्चितता गर्दछ।

(नेपाल आयल निगम, सहायक प्रवन्धक-६, आन्तरिक तथा खुल्ला, प्रश्नांक-५, परीक्षा मिति:२०८१/०१/०८)

Comments

No comments yet. Why don’t you start the discussion?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ