हामी क्रमश: बिगत बर्षहरुमा सोधिएका प्रश्नहरु समाधान गर्दै जानेछौं, कृपया यो पेज हेर्दै रहनुहोला, तपाईंका कुनै प्रश्नहरु छन् भने हाम्रो फेसबुक पेजमा समाधानको लागि म्यासेज गर्नुहोला।
- “विकास सामुहिक प्रयत्न हो” भन्ने अवधारणालाई पुष्टि गर्दै नेपालको विकास प्रक्रियामा रहेका राज्य बाहेकका संवाहकहरुको भूमिका प्रस्तुत गर्नुहोस। (शाखा अधिकृत, परीक्षा मिति २०७७/०९/२१, तृतीय पत्र, बिषय: समसामयिक बिषय)
- शक्ति पृथकीकरण र सन्तुलनको अवधारणा बीच कति समानता र असमानता छन्? विश्लेषण गर्दै संसदीय व्यवस्थामा शक्ति पृथकीकरण त्यति प्रभावकारी हुँदैन भन्ने भनाइका सन्दर्भमा आफ्नो तर्कपूर्ण ब्याख्या प्रस्तुत गर्नुहोस (उपसचिव, खुल्ला, परराष्ट्र सेवा , प्रथम प्रत्र – २०७१/०९/०५) (१५)
- वित्तीय नीति र मौद्रिक नीतिमा के फरक छ?
- व्यवस्थापन तथा नेतृत्ववीच के भिन्नता छ? चर्चा गर्नुहोस। (उपसचिव वा सो सरह (प्राविधिक), २०७२/०९/०५, विषय/पत्र:प्रशासन तथा व्यवस्थापन, अङ्क: ५)
- विकास प्रशासन भन्नाले के बुझिन्छ? विकास प्रशासनका चुनौतीहरु संक्षेपमा उल्लेख गर्नुहोस। (उपसचिव वा सो सरह (प्राविधिक), परीक्षा मिति: २०७३/०९/०३, अङ्क: ५)
- सकारात्मक विभेद र आरक्षण बीचको फरक औँल्याउनुहोस।(उपसचिव वा सो सरह (प्राविधिक), परीक्षा मिति: २०७३/०९/२३, अङ्क: ५)
- लोकतान्त्रिक शासन व्यवस्थामा नागरिक समाजको महत्व उल्लेख गर्नुहोस। (राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह, द्वितीय पत्र, परीक्षा मिति: २०७९/०३/२५ )
- लैंगिक समानता र लैंगिक समता भन्नाले के बुझ्नुहुन्छ? उल्लेख गर्नुहोस ! (प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेश, महिला विकास अधिकृत, सातौं तह, परीक्षा मिति:२०८१/०६/१३)
- कानूनको शासनका आधारभूत मान्यताहरु संक्षेपमा प्रकाश पार्नुहोस। (नेपाल आयल निगम, सहायक प्रवन्धक-६, आन्तरिक तथा खुल्ला, प्रश्नांक-५, परीक्षा मिति:२०८१/०१/०८)
- सार्वजनिक प्रशासनमा भएको समावेशीकरण प्रावधानको योग्यतातन्त्रमा के-कस्तो प्रभाव रहेको देख्नुहुन्छ ? [प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, अधिकृत स्तर सातौं, प्रशासन/लेखा/राजश्व/आलेप (परीक्षा मिति: २०८०/१२/२७) मा सोधिएको पुच्छ्रे प्रश्न]
- सार्वजनिक प्रशासनमा भएको समावेशीकरण प्रावधानको सहभागितामा के-कस्तो प्रभाव रहेको देख्नुहुन्छ ? [प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, अधिकृत स्तर सातौं, प्रशासन/लेखा/राजश्व/आलेप (परीक्षा मिति: २०८०/१२/२७) मा सोधिएको पुच्छ्रे प्रश्न]
- समावेशीकरण र सकारात्मक विभेद भन्नाले के बुझ्नुहुन्छ ? [प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, अधिकृत स्तर सातौं, प्रशासन/लेखा/राजश्व/आलेप (परीक्षा मिति: २०८०/१२/२७) मा सोधिएको पुच्छ्रे प्रश्न]