Adres değişikliklerinden haberdar olmak için bahsegel düzenli kontrol edilmeli.

Rulet oynarken kullanılan Martingale stratejisi, bahsegel giriş kullanıcıları tarafından en çok denenen yöntemlerden biridir.

Promosyon seven kullanıcılar bahsegel kampanyalarından yararlanıyor.

Her oyuncu güvenlik için pinco politikalarına dikkat ediyor.

Bahis kullanıcılarının %63’ü canlı destekle çözüme ulaşmayı tercih ediyor; bu nedenle bettilt giriş 7/24 iletişim imkanı sunmaktadır.

management and leadership

व्यवस्थापन तथा नेतृत्ववीच के भिन्नता छ? चर्चा गर्नुहोस।

उपसचिव वा सो सरह (प्राविधिक), २०७२/०९/०५, विषय/पत्र:प्रशासन तथा व्यवस्थापन, अङ्क: ५

व्यवस्थापन भनेको “कार्य सही तरिकाले गर्नु” (doing things right) हो, जबकि नेतृत्व भनेको “सही कार्य गर्नु” (doing the right things) हो। व्यवस्थापन र नेतृत्व बीचको भिन्नता सूक्ष्म तर महत्त्वपूर्ण छ, किनकि दुवैले संगठनको सफलतामा महत्त्वपूर्ण भूमिका खेल्छन्।

व्यावहारिक र सैद्धान्तिक परिप्रेक्ष्यबाट व्यवस्थापन र नेतृत्व बीचको भिन्नताहरू यस अनुरूप बुँदाबद्ध गर्न सकिन्छ :

बिषय व्यवस्थापन नेतृत्व
परिभाषा विशिष्ट सांगठनिक लक्ष्यहरू प्राप्त गर्न योजना बनाउने, व्यवस्थित गर्ने, निर्देशन दिने र स्रोतहरू नियन्त्रण गर्ने प्रक्रिया नै व्यवस्थापन हो। नेतृत्व भनेको सामुहिक वा साझा लक्ष्यप्राप्ति गर्न अरूलाई प्रेरित गर्ने, प्रभाव पार्ने र मार्गदर्शन गर्ने क्षमता हो।
केन्द्रबिन्दु व्यवस्थापन  सामान्यतया: प्रक्रिया, प्रणाली र संरचनामा (processes, systems, and structures) केन्द्रित हुन्छ। नेतृत्व सामान्यतया: जनता, प्रेरणा र परिवर्तनमा (people, motivation, and change) केन्द्रित हुन्छ।
अधिकार व्यवस्थापनसंग औपचारिक अधिकार हुन्छ। नेतृत्वले सामान्यतया: अनौपचारिक अधिकार प्रयोग गर्दछन ।
क्षेत्र कार्य-उन्मुख (Task-Oriented) हुन्छ। जन-उन्मुख (People-Oriented) हुन्छ।
अवधि अल्प -अवधि केन्द्रित (Short-Term Focus): संस्थाको उद्देश्य अनुकूल निश्चित समयसीमा भित्र कार्य पूरा गर्न प्राथमिकता दिन्छ। दीर्घकालीन फोकस (Long-Term Focus): भविष्यका सम्भावनाहरूको परिकल्पना गर्दछ र दिगो सफलता तिर काम गर्दछ।
कार्यशैली प्रत्यायोजित अधिकार (authority) र पदीय शक्तिमा भर पर्छ। प्रभाव (influence) र भावनात्मकतामा निर्भर गर्दछ।
भूमिका व्यवस्थापन यथास्थिति (status quo) मै रहन चाहन्छ। नेतृत्व यथास्थितिमा परिवर्तन/नवप्रवर्तन गर्न चाहन्छ।
दुरदृष्टि  व्यवस्थापनले लक्ष्य (goal) प्राप्त गर्न काम गर्दछ। नेतृत्वले दुरदृष्टि (vision) निर्माण गर्दछ।
जोखिम व्यवस्थापनले जोखिम (risk) कम गर्न चाहन्छ। नेतृत्वले जोखिम लिन चाहन्छ।
अनुयायी व्यवस्थापनसंग मातहत कर्मचारी हुन्छन। नेतृत्वसंग अनुयायी हुन्छन।
प्रश्नावली व्यवस्थापन कसरी (how) र कहिले (when) जस्ता प्रश्नहरुमा केन्द्रित हुन्छ। नेतृत्व के (what) र किन (why) जस्ता प्रश्नहरुमा केन्द्रित हुन्छ।
शैली सबै व्यवस्थापनसंग नेतृत्वशैली हुन्छ। (All managers are leaders) नेतृत्वसंग व्यवस्थापनशैली नहुन पनि सक्छ। (All leaders are not managers)
सञ्चार व्यवस्थापनले मातहत संग संचार गर्न तथ्य, प्रतिवेदन र औपचारिक माध्यम प्रयोग गर्दछन। नेतृत्वले अनुयायिहरुसंग संचार गर्न कथा शैली र भावनात्मक माध्यम प्रयोग गर्दछन।
उत्प्रेरणा व्यवस्थापनले मातहतलाई पुरस्कार र दण्डले उत्प्रेरित गर्दछ। नेतृत्वले अनुयायीहरुलाई सशक्तिकरण र प्रोत्साहन गरि उत्प्रेरित गर्दछ।
रचनात्मकता व्यवस्थापनले पहिले नै प्रमाणित र व्यवहारिक रूपमा प्रयोग भैसकेका (proven and practical methods) बिधिहरु अवलम्बन गरि कार्य गर्दछ। नेतृत्वले परम्परा भन्दा अलग सोच (out-of-the-box) राखी रचनात्मक कार्य गर्दछ।
जवाफदेहिता व्यवस्थापनको सफलता/असफलतामा मातहत कर्मचारीहरु समेत जिम्मेवार रहन्छन। नेतृत्वको सफलता/असफलताको सम्पूर्ण जस/अपजस स्वयम नेतृत्व मात्रको हुन्छ।

 

1 Comment

  1. Santosh Kapar

    धेरै राम्रो लेख लाग्यो। उपसचिव प्रविधिक को थप यस्तै उपयोगी लेखहरु समावेश गर्दै जानु होला । धन्यवाद

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ