Adres değişikliklerinden haberdar olmak için bahsegel düzenli kontrol edilmeli.

Rulet oynarken kullanılan Martingale stratejisi, bahsegel giriş kullanıcıları tarafından en çok denenen yöntemlerden biridir.

Promosyon seven kullanıcılar bahsegel kampanyalarından yararlanıyor.

Her oyuncu güvenlik için pinco politikalarına dikkat ediyor.

Bahis kullanıcılarının %63’ü canlı destekle çözüme ulaşmayı tercih ediyor; bu nedenle bettilt giriş 7/24 iletişim imkanı sunmaktadır.

What is Constitutionalism

संक्षिप्त प्रश्नोत्तर: संविधानवाद भनेको के हो ?

परिभाषा

संविधानवाद भनेको मौलिक कानून (fundamental law) वा संविधानबाट राजकीय सत्ता (government authority) लाई प्राप्त  हुने र सोहि कानून वा संविधानबाट नै सत्ता  सीमित (लगाम) गरिने सिद्धान्त र अभ्यास (doctrine and practice) हो। यसले व्यक्तिगत अधिकारको रक्षा गर्न र सरकारका विभिन्न निकायहरूबीच सन्तुलन कायम गर्न राजकीय सत्ता/शक्ति (government power) सीमित गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ। मूलरूपमा संविधानवादले कानूनको शासन (rule of law), शक्ति पृथकीकरण (separation of powers) र मौलिक अधिकारको संरक्षणका सिद्धान्त (protection of fundamental rights)हरूलाई साकार रूप दिन्छ।

संविधानवादले संविधान भनेको साधारण दस्तावेज मात्र नभई सरकारी कार्य (government actions) को वैधता र वैधानिकता (legality and legitimacy)लाई नियन्त्रण गर्ने उच्च कानुन (higher law) हो भन्ने तथ्य स्थापित गर्दछ। यसले सबै कानून (laws), नीतिहरू (policies) र सरकारी गतिविधिहरू (government activities) स्थापित संवैधानिक ढाँचा (established constitutional framework) अनुरूप हुनुपर्ने कुराको सुनिश्चितता गर्दछ। यस्ता स्थापित संवैधानिक ढाँचामा सामान्यतया जाँच र सन्तुलन (checks and balances), न्यायिक समीक्षा (judicial review) र नागरिक स्वतन्त्रताको संरक्षण (safeguarding of civil liberties)का लागि संयन्त्रहरू (mechanisms) समावेश हुन्छन् ।

संविधानवादका मुख्य विशेषताहरू

संविधानवादका मुख्य विशेषताहरू यसप्रकार छन्:

  • कानूनको शासन (Rule of Law): सरकारी अधिकारी र संस्थाहरू कानूनप्रति बाध्य (bound by) र जवाफदेही (accountable) हुन्छन्। कानुनभन्दा माथि कोही छैन (No one is above the law), राज्यले कुनै पनि कार्य गर्दा कानुनी प्रक्रिया अपनाउनैपर्छ (legal procedures must be followed) ।
  • शक्ति पृथकीकरण (Separation of Powers): शक्तिको केन्द्रीकरण/एकाग्रता (concentration of power)लाई रोक्न र नियन्त्रण र सन्तुलन प्रदान गर्न राज्यका अङ्गहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच सरकारी अधिकार/राजकीय सत्ता/शक्तिको विभाजन।
  • अधिकारको संरक्षण (Protection of Rights): संविधानवादले व्यक्तिगत अधिकार र स्वतन्त्रताको ग्यारेन्टी (guarantees individual rights and liberties) गर्दछ, सरकार/राजकीय सत्ताले भाषण (speech), नागरिकको भेला हुन पाउने/ सभा गर्ने अधिकार (assembly) जस्ता मौलिक स्वतन्त्रताहरूलाई उल्लङ्घन गर्न नसक्ने सुनिश्चितता प्रदान गर्दछ।
  • सीमित सरकार (Limited Government): सरकारी अधिकार/राजकीय सत्ता (government authority, power)हरू संविधानद्वारा सीमित गरिन्छ, जसले सरकारी अधिकारको दायरा र सीमाहरू निर्दिष्ट (specifies the scope and limits of governmental authority) गर्दछ। यसले शक्तिको स्वेच्छाचारी प्रयोग (arbitrary use of power) लाई रोक्छ।
  • प्रजातान्त्रिक सिद्धान्तहरू (Democratic Principles): प्राय: संविधानहरूले प्रजातान्त्रिक सिद्धान्तहरू समावेश गर्दछन, जसबाट “सरकार शासितहरूको सहमतिमा आधारित छ (government is based on the consent of the governed) र राजनीतिक निर्णयमा नागरिकहरूको भूमिका छ (citizens have a role in political decision-making)” भन्ने सुनिश्चित हुन्छ ।

संविधानवाद संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा उदाहरणीय छ, जहाँ संविधान देशको सर्वोच्च कानून हो र न्यायपालिकासँग विधायिका र कार्यकारी कार्यहरूको संवैधानिकताको समीक्षा गर्ने शक्ति छ। त्यसैगरी, व्यवहारमै संविधानवादका सिद्धान्तहरू लागु गर्ने जर्मन आधारभूत कानून (Grundgesetz) हो जसले कानुनको शासन, व्यक्तिगत अधिकार र संघीयताको लागि बलियो आधार प्रदान गर्दछ।

निष्कर्ष

संक्षेपमा, संविधानवादले सरकारी शक्ति/राजकीय सत्ता (government authority) एक कानूनी ढाँचा भित्र प्रयोग गरिने सुनिश्चितता प्रदान गर्दछ जसले व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दछ, न्याय एवं एक स्थिर र अनुमानयोग्य कानूनी व्यवस्थालाई प्रवर्द्धन गर्दछ।

Comments

No comments yet. Why don’t you start the discussion?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ